२८ कार्तिक, काठमाडौं । नागरिक लगानी कोषको नाफामा १३ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३० करोड रुपैयाँ छ । गत आवको यस अवधिमा यस्तो नाफा २६ करोड ४८ लाख रुपैयाँ थियो । कम्पनीको ब्याज आम्दानी घट्दा पनि सेवा शुल्क तथा कमिसन आम्दानी बढेपछि नाफामा सुधार देखिएको हो । सेवा शुल्क तथा कमिसन आम्दानी पहिले ३२ करोड ९५ लाख रुपैयाँ रहेकोमा अहिले ३९ करोड १६ लाख रुपैयाँ छ ।
तर ब्याज आम्दानी भने पहिले १२ करोड ४५ लाख रहेकोमा अहिले ११ करोड ९८ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा छ । गत वर्षको असोज मसान्तसम्म १५९ रुपैयाँ ७९ पैसा थियो । वार्षिक प्रतिसेयर आम्दानी केही खुम्चिएको छ । पहिले १९ रुपैयाँ ९४ पैसा रहेकोमा अहिले १९ रुपैयाँ ८७ पैसा छ । नाफा बढ्दा पनि वार्षिक प्रतिसेयर आम्दानी घट्नुको मुख्य कारण कम्पनीको जारी सेयर संख्या बढ्नु हो । एक वर्षको अवधिमा कम्पनीको सेयर पूँजी ५ अर्ब ३१ करोडबाट बढेर ६ अर्ब ५ करोड पुगेको छ ।
The post नागरिक लगानी कोषको नाफा बढ्यो १३ प्रतिशतले first appeared on Khabar Breaking.