नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट ६ प्रतिशत नगद लाभांश प्रदान गरेको छ।

संस्थाले यही असोज ६ गतेदेखि १० गतेसम्म कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका विभिन्न सेवाकेन्द्रका सदस्यहरुबिच क्षेत्रगत अन्तर्कृयात्मक साधारणसभाको कार्यक्रम गरेपछि असोज १२ गते क्षेत्रगत सभाबाट चुनिएका प्रतिनिधिहरुको निर्णय प्रमाणित सभा सम्पन्न गरेको हो।

सभा नयाँपाटी साकोसका अध्यक्ष गौतम खनालको अध्यक्षता र बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथी बिमल ठकुरीले गरेका थिए । सभामा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, गो. न .पा. ४ का अध्यक्ष जयराम महतको उपस्थिति रहेको थियो ।

उक्त साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका संस्थाको आ.व. २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , समीक्षा आर्थिक वर्षको लेखा र सुपरिवेक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब , नगद प्रवाह विवरणका साथै आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम पनि सभाबाट पारित भए।

सभामा अध्यक्ष खनालले सहकारी संचालनका सार्वभौम मुल्य , मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै नीति, विधि र प्रविधिको प्रधानताका साथ सदस्य केन्द्रित काम गरेकोले संस्थाले वित्तीय प्रगति हासिल गरेको बताए । वित्तीय मापदण्डहरुलाई बलियो बनाउदै अझ छिटो र विश्वसनीय बैंकिङ्ग सफ्टवेयर इन्फिनिटी (infinity system CBS ) संचालनमा ल्याएको उनले जानकारी दिए।

साधारण सभाको उद्घाटन बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथी बिमल ठकुरीले गरेका थिए । सभामा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, गो. न .पा. ४ का अध्यक्ष जयराम महतको उपस्थिति रहेको थियो ।

संस्थाको वार्षिक प्रतिवेदन अनुसार मिति २०८१ भदौ मसान्तसम्ममा संस्थामा ९७५९ शेयर सदस्यबाट शेयर पूँजी रु. १३,७९,०९,९००/- रहेको छ। आ.व.२०८०/८१ मा संस्थाको बचत संकलन रु. ८९,१४,१९,८००.४०/- र ऋण लगानी रु. ८८,१०,६८,१४५/१८ रहेको छ। समीक्षा वर्षमा यस संस्थाको कुल सम्पत्ति तथा दायित्व (वासलात) रु. १,२६,९३,२४,६९०/- तथा मुनाफा रु.२,८२,०७,८८३/- रहेको छ।

The post नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि first appeared on Khabar Breaking.

  • Related Posts

    समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी

    ७ कार्तिक , काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा  सुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घ, जीवन बीमक सङ्घ र नेपाल माइक्रो इन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख री…

    Read more

    एक सय आठ जना कर्मचारी माग (सूचनासहित)

    फाइल तस्बिर । ७ कार्तिक, काठमाडौँ । करार सेवामा काम गर्नको लागि काठमाडौँ महानगरपालिकाले एक सय आठ जना कर्मचारी मागेको छ। स्वास्थ्य तर्फका विभिन्न पदका लागि एक सय आठ जना…

    Read more

    Leave a Reply

    You Missed

    समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी

    • By
    • October 23, 2024
    • 12 views

    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    • By
    • October 23, 2024
    • 12 views
    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    एक सय आठ जना कर्मचारी माग (सूचनासहित)

    • By
    • October 23, 2024
    • 9 views
    एक सय आठ जना कर्मचारी माग  (सूचनासहित)

    खानेपानीमन्त्री यादवका सय दिन, यस्ता छन उपलव्धि

    • By
    • October 22, 2024
    • 8 views

    बाजेको सेकुवा कारबाहीमा

    • By
    • October 22, 2024
    • 8 views

    सरकारले पुर्वाग्रह राखेर विपक्षी नेतालाई पक्राउ गर्यो: दाहाल

    • By
    • October 22, 2024
    • 8 views