जसपाका चार नेता एमालेमा प्रवेश, ओलीले गरे टीका लगाएर भब्य स्वागत

 

काठमाण्डौं,  २७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) पर्साका चार नेताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् । पर्साको सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्षसहित चार जसपा नेताहरू एमाले प्रवेश गरेका हुन् ।

जसपा पर्सा जिल्ला सदस्य रामबाबु चौरसिया, धामु शर्मा, सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फुलमती देवी चौधरी, जगरनाथपुर गाउँपालिका ६ का वडा अध्यक्ष अजोध्या कुर्मी एमाले प्रवेश गरेका हुन् ।

ओली निवास बालकोटमा नवप्रवेशी नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाइ पार्टीमा स्वागत गरेका थिए । संविधानसभाका सदस्य एवं पर्सा सहइन्चार्ज राजकुमार गुप्ताको पहलमा नेताहरू एमाले प्रवेश गरेका हुन् ।

सो अवसरमा केन्द्रीय सदस्य निर्मला देवकोटा, पकाहामैनपुर पालिका कमिटी अध्यक्ष अकलेश साह, युवा संघ सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष मोहमद निजाम, पालिका कमिटी सचिव राजेश सहनी, ओबीसी केन्द्रिय सदस्य प्रमोद पटेल, युवा संघ जिल्ला सदस्य तथा ओबीसि गाउँपालिका अध्यक्ष कृष्णा कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, आउँदो पुस ८ गते एमाले अध्यक्ष ओली पर्सा जिल्ला जादै छन् । विभिन्न राजनीतिक दल परित्याग गरेकाहरूलाई एमालेमा प्रवेश गराउन ओली पर्सा जान लागेका हुन् ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ अहिलेसम्म एमालेमा प्रवेश गर्नेहरूको लिस्टमा चर्चित नाम हो । गाउँपालिकाका अध्यक्षसमेत रहेका जालिमसँगै सयौँको संख्यामा पार्टी प्रवेश हुन लागेको बताइएको छ । मियाँ स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

 

  • Related Posts

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    ७ पुष ,काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सेवाग्राहीलाई दुख दिने नियतले कानुन बनाउने काम रोक्नुपर्नेमा जोड दिएका छन् । आइतबार (६ पुष ) सिंहदरबारमा बसेको अर्थ…

    Read more

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    You Missed

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 7 views

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 9 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार