घरजग्गाको न्यूनतम र अधिकतम मूल्यको सीमा तोकिने

 

काठमाडौं पुस ८ । सरकारले घरजग्गाको मूल्य नियन्त्रण गर्न सहयोग पुग्नेगरी मालपोत नियमावली संशोधनको प्रक्रिया अघि बढाएको छ । अहिले भएको नियमावलीले एकपटक न्यूनतम मूल्यांकन तय भइसकेपछि त्यसलाई घटाउन पाउने सुविधा दिएको छैन । त्यस्तै एकपटक अधिकतम थैली अंक राखेर लिखत पास भएपछि अर्कोपटक किनबेच गर्दा त्योभन्दा कम मूल्यमा किनबेच गर्न पनि नपाउने व्यवस्था छ ।

यसरी एकपटक अधिकतम थैली अंक राखेर घरजग्गाको किनबेच भइसकेपछि उक्त जग्गाको मूल्य घट्दै घट्दैन भन्ने मनोविज्ञान हावी हुँदा उक्त क्षेत्रमा घरजग्गाको मूल्य अस्वाभाविक रूपमा बढ्ने गरेको पाइन्छ । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूले त्यसलाई वैधानिक बनाउन जति पनि थैली अंक राखेर किनबेच गर्दा त्यसले पनि घरजग्गाको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुने गरेको पाइन्छ ।

सरकारले पहिलो चरणमा नियमावली संशोधन गरेर घरजग्गाको मूल्य घट्न पनि सक्छ भन्ने सन्देश दिने र दोस्रो चरणमा वैज्ञानिक मूल्य निर्धारण गरेर सबैलाई मान्य हुने एउटै मूल्यांकन लागू गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

 

  • Related Posts

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    ९पुष, तनहुँ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताउनु भएको छ । आज…

    Read more

    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    ९ पुष ,काठमाडौं । कोटेश्वर व्यवसायी संघको आयोजनामा ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ हुने भएको छ। संघले आफ्नो १९औं स्थापना दिवसको अवसरमा यही पुष १२ र १३ गते कोटेश्वरको तिनकुने चौरमा…

    Read more

    You Missed

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    • By
    • December 24, 2024
    • 8 views

    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    • By
    • December 24, 2024
    • 8 views
    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्छः डा. संग्रौला

    • By
    • December 24, 2024
    • 9 views

    लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी

    • By
    • December 24, 2024
    • 9 views

    नेपाल समुद्रपार निकासी पैठारी संघमा शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति

    • By
    • December 24, 2024
    • 9 views

    पोखरामा एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेशन हुने

    • By
    • December 24, 2024
    • 9 views