ग्लोबल आइएमई बैंकले जित्यो ‘अन्तर बैंक फुटसल प्रतियोगिता’को उपाधि

२५ कार्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि जितेको छ। नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैंकलाई ६-० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैंक विजयी भएको हो।

उपाधिसँगै ग्लोबल आइएमईले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको एनएमबि बैंकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। २९ टिमबीच भएको तीन दिने प्रतियोगिताको अन्तिम दिन शनिबार १६ टिमबीच क्वाटर, सेमी र फाइनल खेल भएको थियो। यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैंकका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी बन्न सफल भने ग्लोबल आइएमई बैंककै दुर्गा ओलीले १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए।

यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैंकका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैंकका दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ। नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रमको आयोजना गरिएको हो।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले उपाधि बिजेता, उपविजेता तथा खेलाडिहरूलाइ पुरस्कार प्रदान गरेका थिए।

The post ग्लोबल आइएमई बैंकले जित्यो ‘अन्तर बैंक फुटसल प्रतियोगिता’को उपाधि first appeared on Khabar Breaking.

  • Related Posts

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    ११ पुष , काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।  धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…

    Read more

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    काठमाडौं । बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष  तथा मुक्तिनाथ…

    Read more

    Leave a Reply

    You Missed

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 10 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 10 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 10 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 10 views

    ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

    • By
    • December 25, 2024
    • 12 views

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • By
    • December 25, 2024
    • 11 views