गठबन्धनको निर्णायक बैठकमा उपेन्द्र यादव उपस्थित नहुने

 

 

काठमाण्डौं ४ फागुन । सत्ता गठबन्धनको निर्णायक बैठक बिहीबारका लागि बोलाइएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बुधबार भएको छलफल पछि भोलिका लागि गठबन्धनको निर्णाय बैठक बोलाइएको हो ।

एमसीसी तत्काल पास गर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाको अपेक्षाविपरित गठबन्धनका अधिकांश दल एमसीसीको विपक्षमा रहेपछि गठबन्धनको अस्तित्व संकटमा पर्न लागेको हो ।

नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेको छ । तर माओवादी केन्द्रले आज संसदीय दलको बैठकबाट एमसीसी पास गर्न नसकिने बरु सरकार छाड्ने निर्णय गरेको छ भने नेकपा एस पनि विपक्षमा रहेको छ । गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले यसअघि नै एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ ।

एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको जनता समाजवादी पार्टी ९जसपा० पनि पछिल्लो समय एमसीसी पास गर्ने विषयमा मौन बसेको छ ।

बुधबार एमसीसीलाई प्रतिनिधि सभा बैठकको कार्यसूचीमा पार्न प्रयासरत कांग्रेसलाई जसपाले साथ दिएन । उक्त बैठकमा जसपा सहभागी नै भएन र एमसीसीको विषयमा एमालेकै लाइनमा उभिन पुग्यो । बिहीबारको निर्णायक भनिएको बैठकमासमेत जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी नहुने भएका छन् ।

एमसीसीको पक्ष वा विपक्षमा मत राख्नु भन्दा सहभागी नहुने तर्फ यादव अघि बढेका हुन् । उनी सिराहामा राखिएको पार्टीको एक सामान्य कार्यक्रममा भोलि सहभागी हुँदैछन् । महत्वपूर्ण बैठकमा उपस्थित हुनु पर्ने भएपनि उनी गठबन्धनको बैठकमा सहभागी नहुने जसपाका एक नेताले जानकारी दिए ।

  • Related Posts

    गोकर्णमा अन्तर्राष्ट्रिय कला शिविर: सिर्जनशीलता र सहकार्यको विशेष मञ्च

    २ कार्तिक, काठमाडौं । गोकर्णमा Presentation of Creative Intelligence नामक १० दिने अन्तर्राष्ट्रिय कला क्याम्प आजबाट सुरु भएको छ। २०० जना सहभागी प्रतिनिधिहरू मध्ये १५० विदेशी र ५० नेपाली विद्यार्थी…

    Read more

    पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

    २ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृह मन्त्रीसमेत रहेका रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको…

    Read more

    You Missed

    गोकर्णमा अन्तर्राष्ट्रिय कला शिविर: सिर्जनशीलता र सहकार्यको विशेष मञ्च

    • By
    • October 18, 2024
    • 9 views

    पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

    • By
    • October 18, 2024
    • 9 views

    आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

    • By
    • October 18, 2024
    • 13 views

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 15 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 13 views

    सरकारले जनताको राहत र पुनःस्थापनाका लागि पहिलो पहल गर्नुपर्छः रामहरी खतिवडा

    • By
    • October 17, 2024
    • 13 views