बिष्णु प्रसाद शर्मा,
आज देश गम्भिर संकटमा छ । राजनीतिक दल र तिनका नेताहरु देश र जनता प्रति गम्भिर छैनन् । जनताले दुख्ख मात्र भोग्नु परिरहेको छ । बिदेशिको इसरामा चल्ने दल र तिनका नेताहरुवाट देशको उन्नति नहुने देखियो । दलीय ब्यवस्थाबाट जनता वाक्क दिक्क छन ।
नेताहरु रातारात धनी बन्दै जाने जनता दुब्लाउने यो कस्तो ब्यवस्था हो ? देशमा महंगीले आकाश छोएको छ । बेरोजगारी समस्या दिन प्रतिदिन बढदै छ । लामो समय देखि यी तमाम समस्या यथावत छन । यी समस्याहरु समाधान गर्न दलहरु किन चासो दिदैनन् ?
अब जनता भ्रममा पर्नेवाला छैनन् । जनताले आश्वासन होइन परिणाम खोजेका छन । देशमा रहेका सबै दलहरु आफनो आफनो स्वार्थमा मात्र लागे । जनता प्रति कसैले चिन्ता र चासो राखेनन् । जनता दल प्रति असन्तुष्टि छन ।
अब जनताले पनि कुरा बुझने बेला आएको छ । नेताहरुका चर्को भाषण र भ्रमको राजनीतिले देश बन्न सक्दैन । देश बनाउन नैतिकता र इमान्दारीता चाहिन्छ । खै नेताहरुमा इमान्दारीता ? निष्ठा र इमानको राजनीति हराउँदै गएको छ ।
स्वार्थी नेताहरुको कारण देश बरवाद हुदै छ । एकले अर्कोलाई गाली गर्ने बाहेक नेताहरुको अरु केही काम छैन । प्रजातन्त्रका नाममा नाङगो बिदेशी खेल मञ्चन भइरहेको लामो समय पछि नेपाली जनताले इसाइको प्रतिनिधि कमल थापा हो भनेर पत्ता लगाएर फालेका छन ।
नेपालको राजनीतिक अबस्था कस्तो रहेछ ? भनेर नै जनताले महसुस गरेका छन । नेपालको सबै भन्दा पुरानो पार्टी नेपाली काँग्रेस आफनै कारणले पत्ता साफ भएकै हो । यो पार्टीलाई प्राण दिने हो भने शेर बहादुर देउवालाई फाल्नु पर्छ ।
पश्चिमाहरुको प्रतिनिधिका रुपले सबैले बुझेका एमसीसीका दलालहरु पराजित मनस्थितीमै अस्ताएको हेर्ने चाहाना जनतामा रहेको छ । शान्त, सुन्दर र बिशाल देशलाई ज्वालामुखी माथि पु-याइएको छ । उता बिश्वहिन्दु महासंघ महासचिव कै कारणले अस्तब्यस्त हुन पुगेको छ र उहाँलाई फाल्नु पर्ने अबस्था छ ।