काठमाडौं । खेलकुद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा अध्यक्ष हिरा सिंह डंगोलको सभापतित्व र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा शुक्रबार (३० कार्तिक ) सम्पन्न भएको छ।
सभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन , लेखा र सुपरीवेक्षण प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण कार्य सम्पन्न गरेको छ।
समीक्षा आर्थिक वर्षमा यस खेलकुद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चुक्ता पूँजी अघिल्लो आ. व. को तुलनामा केहि वृद्धि भई रु. ७७,१७,६००/- कायम भएको छ। त्यसैगरी संस्थाको कुल निक्षेप संकलनतर्फ १.११% ले वृद्धि भएर रु. १०,५३,६९,६५०|४१ र कर्जा लगानीमा १६.६६% ऋणात्मक भएर रु. १०,४२,८८,९२९|२४ कायम भएको छ।
त्यस्तै , संस्थाको जगेडा कोषमा ८.९४% ले वृद्धि भई रु. ५३,७०,५५४|९९ तथा अन्य कोषहरु तर्फ पनि ७.१८ % वृद्धि भएर रु. १९,६५,६४२|७९ कायम भएको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख छ। संस्थाको कुल आम्दानी तर्फ १२.८४% को वृद्धिसहित रु. ४०,८५,४७८|०९ रहेको छ।
The post खेलकुद बचत तथा ऋण सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न first appeared on Khabar Breaking.