कांग्रेसले महाधिवेशनमा एमालेले जस्तो शक्तिप्रदर्शन नगर्ने

 

 

काठमाडौं, २० मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन्। सोमबार बालुवाटारमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीको आन्तरिक गतिविधि भएकाले शाक्ति प्रदर्शन आवश्यक नरहेको बताए। ‘पार्टीको महाधिवेशन गर्ने हो,’ उनले भने, ‘शक्ति प्रदर्शन हामीले गर्दैनौं।’

एमालेले कञ्चनपुरदेखि झापासम्मका मान्छे ल्याएर शक्ति प्रदर्शन गरेको उनको भनाइ थियो। ‘अलि अलि मान्छे त भइहाल्छन्। बागमतीका जिल्लाबाट कार्यकर्ता आउँछन्। सकेसम्म कम आउन भनेका छौं,’ उनले भने, ‘कोरोनाको अर्को भेरियन्ट आएको छ। शक्ति प्रदर्शन गर्ने बेला यो होइन नि। एमाले जस्तो कार्यकर्ता ल्याएर शक्ति प्रदर्शन कांग्रेसले गर्दैन।’

पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले महाधिवेशनमा सहयोग गर्नसमेत आग्रह गरे। प्रधानमन्त्रीको सचिवालयले बोलाएका सीमित पत्रकारबीच देउवाले १४औं महाधिवेशनमा पनि सभापति लड्न लागेको भन्दै सहयोग गर्नसमेत आग्रह गरेका थिए। कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ मंसिरदेखि काठमाडौंमा हुँदै छ।

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 8 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 11 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 10 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 8 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views