कांग्रेसको १४ औं महाधिवेशनमा उपेन्द्र यादवको भब्य भाषण

 

 

काठमाडौँ २४ मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा राजनीतिक प्रतिबद्धता र स्थायित्वले मात्रै नेपाली जनताले फेरि आन्दोलन गर्न नपर्ने वातावरण सुनिश्चित हुने बताएका छन्।

उनले शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै मधेसका मुद्दा सम्बोधन गर्न तत्काल संविधान संशोधन तथा परिमार्जन गर्नुपर्नेमा जोड दिए।

निर्वाचन प्रणाली तथा शासकीय सुधार र नागरिकताको समस्या समाधान गर्नुपर्ने उनले बताए। सरकारले आन्दोलनपछि गरिएका सम्झौता, सहमति र प्रतिबद्धता पूरा गर्न अब ढिलो गर्न नहुने बताए।

उनले भने, ‘वास्तवमा सबै समुदायको राष्ट्रिय पहिचानलाई सुरक्षित बनाएर मात्रै नेपालको विशिष्ट पहिचान सुरक्षित हुनेछ। त्यसलाई व्यवहारमा लागू गर्ने दायित्व हामी सबै नेपाली जनता, राजनीतिक दल र कार्यकर्ताको हो।’

संवैधानिक अंगलाई अझ सक्षम निष्पक्ष, क्रियाशील र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको विकासलाई अझ संस्थागत गर्न नेपाली कांग्रेसको महाधिवेशनबाटै उचित कदम चाल्नसमेत नेता यादवले आग्रह गरे।

विगतमा भए, गरेका कमीकमजोरी हटाए मात्रै राजनीतिक अस्थिरता, दिशाहीनता र अन्योलता अन्त्य गर्न सकिने उनले बताए।

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 9 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 16 views