कांग्रेसको महाधिवेशनमा ओली बोल्दा ताली र हुटिङ, बोल्दै गर्दा माइक बन्द !

 

 

काठमाडौं २४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, राष्ट्रियता, लोकतन्त्र, न्याय र समानताका प्रश्नमा नेपाली कांग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको बताएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्वप्रधानमन्त्री ओलीले ठूला दलहरुको सहकार्यबाट मुलुकमा राजनीतिक परिवर्तन आएको र नेपालले अन्धकार युगबाट गणतन्त्रको उज्यालोसम्म आइपुगेको स्मरण गराए ।

‘नेपाली कांग्रेस र एमालेजस्ता ठूला पार्टीले नै मुलुकको संविधान, विकास, राष्ट्रियता, लोकतन्त्र, सुशासन, स्थिरता, सामाजिक न्याय र समानताका प्रश्नमा सहकार्य गर्दै आएका छन्’, अध्यक्ष ओलीले भने, ‘अहिले केही साना दलहरुलाई कांग्रेसले औलो समाउन दिएन भने सरकारमा नरहौँला कि भन्ने चिन्ता हो रु के का लागि सहकार्य रु देश बनाउन एमाले कांग्रेसकै साथमै छ । देश बनाउन सँगै जाने कुरामा हामी साथमै छौँ ।’

अध्यक्ष ओलीले जन्मँदै कोही शासक हुन सक्छन् भन्ने सिद्धान्त गलत सावित भइसकेको टिप्पणी गरे । उनले कांग्रेस अरुका नीतिका पछाडि होइन, आफ्ना नीतिमा अगाडि बढोस् भन्दै कांग्रेसको महाधिवेशनले गौरवपूर्ण इतिहासलाई उजिल्याउन सकोस् भन्ने कामना गरे ।
“सरकारबाट हट्नुपर्ला कि भन्ने कतिपयलाई चिन्ता होला । नेकपा एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन र” एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य दिने क्रममा भनिरहेका थिए ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा ओलीले शुभकामना व्यक्त गर्दै गर्दा माइक बन्द भयो । ओलीका पक्षमा हुटिङ नै चल्यो ।

त्यसपछि उनले औँलाले इसारे गरे । केहीबेर प्रतिक्षा गर्दा पनि माइक नबनेपछि उनले हात हल्लाउदै भने “ओके मैले शेरबहादुरजीलाई छाडिदिएँ । धन्यवाद छ । धेरै धेरै शुभकामना,” भन्दै उनी मञ्चमा गएर बसे ।

मन्तव्यका क्रममा नै माइकले धोका दिएपछि कार्यक्रम सञ्चालक विश्वप्रकाश शर्माले ओलीलाई आफ्नो मन्तव्य अघि बढाउने आग्रह गरे । ओलीले पुनः मन्तव्यलाई अघि त बढाए तर महाधिवेशनको शुभकामना दिएर विदा भए ।

 

 

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 9 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 16 views