काँग्रेसमा पौडेलसहित को -को केन्द्रीय सदस्यमा मनोनित हुँदै छन ?

 

काठमाडौं पुस १० । नेपाली काँग्रेसले रामचन्द्र पौडेलसहित चारजना नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा सो प्रस्ताव पेस गर्ने बताइएको छ । पौडेलसहित कृष्णप्रसाद सिटौला, प्रकाशमान श्रेष्ठ र विमलेन्द्र निधिलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिने भएको छ ।

पौडेल हालै सम्पन्न पार्टीको १४ औँ महाधिवेशनको निर्वाचित प्रक्रियामा नै भाग लिएका थिएनन् भने सिटौला उम्मेदवार बनेनन् । श्रेष्ठ र निधि भने सभापतिको पदको उम्मेदवार रहेका थिए । तर उनीहरु पहिलो चरणको निर्वाचनमा पराजित हुन पुगेका थिए । दोस्रो चरणमा दुबैले सभापति देउवालाई समर्थन जनाएका थिए ।

 

  • Related Posts

    क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

    १० पुष ,काठमाडौं । नेपाल लगायत विश्वमा क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा उनीहरु आज ‘क्रिसमस डे’ मनाउँछन्  । यस…

    Read more

    ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठनको अध्यादेश मन्त्रिपरिषदबाट पारित

    १० पुष ,काठमाडौँ । ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठन गर्न प्रस्ताव गर्दै सहकारी ऐनको संशोधन अध्यादेश मन्त्रिपरिषद्ले पारित गरेको छ । मंगलबार (९ पुष ) बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐन…

    Read more

    You Missed

    क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

    • By
    • December 25, 2024
    • 0 views

    ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठनको अध्यादेश मन्त्रिपरिषदबाट पारित

    • By
    • December 25, 2024
    • 2 views

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    • By
    • December 24, 2024
    • 9 views

    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    • By
    • December 24, 2024
    • 9 views
    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्छः डा. संग्रौला

    • By
    • December 24, 2024
    • 10 views

    लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी

    • By
    • December 24, 2024
    • 9 views