एमालेले तोक्यो नेताहरूको जिम्मेवारी, टोपबहादुर रायमाझीले पाए ठूलै जिम्मेवारी !

 

 

 

काठमाडौं पुष २ । नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै नेताहरूलाई जिम्मेवारी तोकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी तोकेको हो।

जसअनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ।

उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने जिम्मेवारी दिइएको छ। यस्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन, उपाध्यक्ष रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा तथा उपाध्यक्ष विष्णु पौडेलले साङ्गठनिक कामको अनुगमनको जिम्मेवारी तोकिएको एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा उल्लेख छ।

यस्तै महासचिव शंकर पोखरेललाई साङ्गठनिक कामको संयोजन, उपमहासचिव प्रदीप ज्ञवालीलाई स्कुल विभाग, अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई प्रचार तथा प्रकाशन विभाग प्रमुख, अर्का उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी दिइएको छ।

यस्तै पार्टी सचिवहरू टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, गोकर्ण विष्टलाई ऊर्जा विभाग, योगेश भट्टराईलाई स्वास्थ्य विभाग र लेखराज भट्टराई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी एमालेले दिएको छ। नेता घनश्याम भुसाललाई अर्थ तथा योजना विभाग र मणि थापालाई भूमि व्यवस्था विभागको जिम्मेवारी दिइएको छ।

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 8 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 8 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 8 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 7 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 7 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 10 views