एभरेष्ट महिला फ्रेन्चाइज भलिबलको पहिलो संस्करणमा ६ टोलिको सहभागिता रहने

२४ साउन ,काठमाडौं । इन्फिनिटी ड्रिम्स प्रालिले ‘एभरेष्ट महिला फ्रेन्चाइज भलिबल’ लिगको पहिलो सिजनका लागि ६ सहभागी टोलीको घोषणा गरेको छ ।आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमम यो पहिलो संस्करणमा  प्रतिस्पर्धी ६ टोली र प्रवर्द्धकहरूको घोषणा गरिएको हो ।

लिगको पहिलो सिजनमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेस, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले खेल्नेछन् । हरेक टोलीले १४ खेलाडीमा नौ नेपाली र तीन विदेशी राख्न पाउने इन्फिनिटी ड्रिम्सले जनाएको छ ।

त्यस्तै , नेपाली खेलाडीको ड्राफ्ट सूची र प्रतियोगीताको मिति केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । यसअघि एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिग आयोजना गर्न नेपाल भलिबल संघ र इन्फिनिटी ड्रिम्स प्रालिबीच सम्झौता भएको थियो ।

टिम काठमाडौं शरदकृष्ण टिबरेवाला, ललितपुर अनुजएम तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल प्रवर्धकमा छन् । यस्तै, मधेस रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा छ । गण्डकी सौरभ केडिया, चितवन निम्बस होल्डिंग्स तथा कर्णाल राजेश बगडिया र प्रतिक अधिकारीको स्वामित्वमा रहेनछ ।

The post एभरेष्ट महिला फ्रेन्चाइज भलिबलको पहिलो संस्करणमा ६ टोलिको सहभागिता रहने first appeared on Khabar Breaking.

  • Related Posts

    पन्चकन्या आधारभूत स्कुलका बालबालिकालाई शैक्षिक सामग्री स्कुल झोलालगायतका सामाग्री वितरण

      १२ पुष, सिन्धुपाल्चोक । रत्न छत्र हिमालय फाउन्डेसनको सहकार्यमा लायन्स क्लब अफ केटीएम फेलोशिप,लायन्स क्लब अफ केटीएम देवालय डिस्ट्रिक्ट ३२५ एफ सहयोगमा सिन्धुपाल्चोक पाँचपोखरी गा पा लागर्चे ८ स्थित…

    Read more

    लिपुलेकबारे भारत-चीन सहमतिमा सरकारको धारणा: नेपाललाई कुनै प्रभाव पर्दैन

    १२ पुष , काठमाडौं । नेपाल सरकारले भारत र चीनले नेपाली भूभाग लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेकोप्रति कुनै आपत्ति जनाउनुपर्ने अवस्था नरहेको बताएको छ। मंगलबार (११ पुष…

    Read more

    Leave a Reply

    You Missed

    पन्चकन्या आधारभूत स्कुलका बालबालिकालाई शैक्षिक सामग्री स्कुल झोलालगायतका सामाग्री वितरण

    • By
    • December 27, 2024
    • 0 views

    लिपुलेकबारे भारत-चीन सहमतिमा सरकारको धारणा: नेपाललाई कुनै प्रभाव पर्दैन

    • By
    • December 27, 2024
    • 9 views

    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९.४७% लाभांश र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    • By
    • December 27, 2024
    • 9 views
    फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९.४७% लाभांश र वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 10 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 10 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 10 views