एका बिहानै एमालेका उपमहासचिव गुरुङले बोलेको कुरा बन्यो भाइरल !

 

 

काठमाडौं, २ पुस । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रसँग नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको पाँचबुँदे सहमतिको प्रमाण भएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “शान्तिप्रक्रियामा आउनुभन्दा अघि पूर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डले गरेको पाँच बुँदे सहमतिको प्रमाण छ । उहाँको राजा वीरेन्द्रसँग पनि कार्यनीतिक गठबन्धन थियो । अहिले पनि ज्ञानेन्द्रको मन जहाँ छ, प्रचण्डको मन त्यहीँ छ । जहाँ ज्ञानेन्द्रको बाटो छ, प्रचण्डको बाटो त्यहीँ छ ।”

ज्ञानेन्द्र र प्रचण्डको पाँच बुँदे सहमति भएको बताउँदा केपी ओलीले माफी माग्नु नपर्ने उनले बताए । गुरुङले थपे, “कठैबरा ! ओलीले प्रचण्डसँग किन माफी माग्ने रु केपी ओलीले गाँजा, भाङ, धतुरो खाएर बोल्नुभएको होइन । मानसिक सन्तुलन गुमाएर भन्नुभएको पनि होइन । भन्ने हो भने त शेरबहादुर देउवा, शेखर कोइराला, उपेन्द्र यादव, बाबुराम भट्टराई र महन्थ ठाकुरलाई पनि भन्नुहुन्थ्यो होला नि । प्रचण्डलाई मात्र किन भन्नुुुभयो होला  ?”

प्रचण्डले ओलीसँग विवाद नगर्नु नै राम्रो हुने उनको कथन छ । उनले भने, “राजनेता, ठूला नेताले यस्तो विवाद नगर्नु राम्रो हुन्थ्यो । तल्लो स्तरमा उत्रनु हुँदैनथ्यो । प्रचण्डले जहिल्यै एमाले र केपाी ओलीविरुद्ध विषवमन गर्नुभएको छ । उहाँको अरु के काम छ र ? ”

ओलीको सरकार गिराएर प्रचण्डले कालो धनलाई सेतो धन बनाउन खोजेको आरोप पनि उनले लगाए । गुरुङले भने, “प्रचण्ड र माधव नेपाल मिलेर केपी ओलीको सरकार गिराए । हाम्रो बजेट विस्थापन गरेर कालो धनलाई सेतो बनाए । अर्थतन्त्रमा गम्भीर असर पार्ने गरी कुशासनको प्रारम्भ भयो । कमिसन र भ्रष्टाचारलाई संस्थागत गरे । राष्ट्रिय स्वाधीनतालाई बेवास्ता गरी चुच्चे नक्साको व्यवहारमा अमल गरेनन् । प्रतिगमनकारी बाटोमा गइरहेका छन् ।”

प्रचण्ड र ओलीको तुलना गर्दै उनले भने, “एक जना प्रतिक्रियावादीहरुसँग मिलेर नेपालको कम्युनिस्ट आन्दोलन सिध्याउन लाग्नुभएको छ, अर्को नेपालको कम्युनिस्ट आन्दोलनलाई सुदृढ र व्यवस्थित बनाउन लाग्नुभएको छ । एक जना राष्ट्रिय स्वाधीनताको झन्डालाई उच्च बनाउँदै वामपन्थीको नेतृत्व गर्दै हुनुहुन्छ भने अर्को दक्षिणपन्थी गठबन्धनमा लागेर वामपन्थी आन्दोलनलाई ध्वस्त बनाउन लाग्नुभएको छ । उहाँहरुबीचको आरोप प्रत्यारोप स्वाभाविक लाग्छ ।”

एमालेले दसौं महाधिवेशन गरेको चितवन प्रचण्डको बपौती नभएको उनको जिकिर छ । उनले भने, “प्रचण्डले एमालेले महाधिवेशन गर्दा चितवनलाई कुरुक्षेत्र बनाउनुभयो । चितवनलाई बपौती ठान्नुभयो । हामीले उद्घाटन सत्र गरेको ठाउँ कृष्णभक्त पोखरेलको निर्वाचन क्षेत्र हो । बन्द सत्र गरेको ठाउँ सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र हो । जोसँग खोटो मोहर हुन्छ, त्यो धरमरमा हुन्छ ।”

प्रचण्डले केपी ओलीलाई दलाल भन्नु कुनै नौलो कुरा नभएको पनि एमाले उपमहासचिव गुरुङले बताए । उनले भने, “केपी कम्युनिस्ट, समृद्धवादी, राष्ट्रवादी हो भनेर देशभरिका जनता गोलबन्द भएकाले उहाँ त्रसित र आतंकित बन्नुभएको छ । एउटा कम्युनिस्टले अर्को कम्युनिस्टलाई गाली, विरोध र आलोचना नौलो कुरा होइन । तर वाद, विवाद र प्रतिवाद हुँदैमा सहकार्यको ढोका बन्द हुँदैन । राजनीतिमा स्थायी शत्रु वा मित्र हुँदैन । गलत कुराको खण्डन गर्नुपर्छ ।”
एमालेको स्थायी समितिमा राम्रा नेता अटाएनन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “माधवजी, झलनाथजी, बामदेवजी अटाउनुभएन होला । भीम रावललाई अध्यक्षले यथावत् पदमा प्रस्ताव गर्नुभएकै हो । हलले समर्थन पनि गरेको थियो । केन्द्रीय सदस्यमा जिताइदियो । उहाँले सपथ खानुभएन । उल्टै अध्यक्षमा लडेर हार्नुभयो । अनि उहाँलाई कसरी बनाउने ?”

नेपाली कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माजस्ता युवा आएका छन्, एमालेमा त्यस्ता नयाँ अनुहार आएनन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा उपमहासचिव गुरुङले भने, “दाँत फुक्लेका र नङ झरेका बूढाहरु पार्टी छाडर हिँड्नुभयो । अब एमालेमा केपी ओलीबाहेक कोही बूढा नेता छैनन् । हेडक्वार्टरमा युवा नै युवा छन् । बूढाहरु कोही हटे, कोही सल्लाहकार समिति र अनुशासन समितिमा छन् । शंकर पोखरेल, पृथ्वी सुब्बा, पद्मा अर्याल, टोपबहादुर रायमाझी युवा होइनन् रु गोकर्ण विष्ट, योगेश भट्टराई गगन र विश्वप्रकाश शर्माकै पुस्ताका त हुन् नि ।”

शेरबहादुर देउवाको सरकार लातको भूत बातले मान्दैन भनेर एमालेले प्रतिनिधिसभामा अवरोध गर्नुपरेको दाबी पनि उनले गरे ।

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 8 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 8 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 8 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 7 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 7 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 10 views