उम्मेदवार छान्नै हम्मे

 

 

काठमाडौं २३ मंसिर । नेपाली काँग्रेसकोे १४ औं महाधिवेशन भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ ।

संस्थापन पक्षले उम्मेदवारबारे छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार आफ्नो समूहको बैठक राखेको थियो भने संस्थापन इतर पक्षले बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड र दिउँसो ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा बैठक राखेको थियो ।

तर, संस्थापन र इतर दुवैतर्फको बैठक उम्मेदवारबारे कुनै टुंगो नै नलगाई बिनानिष्कर्ष सकिएको हो । संस्थापन समूहको बैठकमा सभापतिले पार्टीका लागि पदाधिकारी बन्न चाहनेहरूको राय लिएका थिए भने इतर पक्षको बैठकमा सभापतिका उम्मेदवारमा दाबी गर्दै आएका नेतात्रय रामचन्द्र पौडले, प्रकाशमान सिंह र डा। शेखर कोइरालाबीच सहमति खोज्ने प्रयास भएको थियो ।

संस्थापन पक्षको बैठकले भने पदाधिकारी र सदस्य बन्न चाहने उम्मेदवारको राय लिएपछि आवश्यक छलफल र निर्णय गरी नाम सिफारिस गर्ने अधिकार सातै प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूलाई जिम्मा दिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

 

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 9 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 11 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 10 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 8 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 16 views