२७ कात्तिक,काठमाडौँ । नेपालमा नयाँ ‘इनड्राइभ कम्फर्ट’ फिचर राइड सेयरिङ एप ‘इनड्राइभ’ले सार्वजनिक गरेको छ । इनड्राइभले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नयाँ सुविधा सुरु गरेको सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त घोषणा गरेको हो ।
सवारीको अनुभव बढाउन डिजाइन गरिएको इनड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू र थप ठाउँसहितको प्रिमियम सवारी साधनहरूमा पहुँच प्रदान गर्ने कम्पनीको दाबी छ ।
इनड्राइभ दक्षिण एशियाको वरिष्ठ मार्केटिङ प्रबन्धक अविक कर्माकरले ग्राहकहरूको आवश्यकता पूरा गर्न सवारी विकल्पहरू प्रदान गर्न समर्पित रहेको बताउनु भयो ।
‘इनड्राइभमा, हामी हाम्रा ग्राहकहरूको आवश्यकता पूरा गर्ने सवारी विकल्पहरू प्रदान गर्न समर्पित छौं, चाहे त्यो किफायती, सुविधा वा थप आराम हो । नेपालमा इनड्राइभ को लागि एक रोमाञ्चक विकास हामी हाम्रा विशिष्ट आवश्यकताहरू पूरा गर्ने अनुकूल सवारी विकल्पहरू प्रदान गर्न प्रतिबद्ध छौं,’ उहाँको भनाइ छ ।
कम्पनीका अनुसार इनड्राइभले न्यायसंगत र पारदर्शी मूल्यलाई प्राथमिकता दिइरहेको छ, र इनड्राइभ कम्फर्ट यसको अपवाद होइन । यात्रुहरूले अब थप फराकिलो स्थान, उच्च गुणस्तरीय सवारी र अतिरिक्त सुविधाहरूको साथ प्रिमियम यात्रा अनुभव किफायती मूल्यमा लिन सक्नेछन् ।
The post इनड्राइभको ‘इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक first appeared on Khabar Breaking.