आर्थिक पत्रकार संघमा मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति

३० मंसिर, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५औं वार्षिक साधारणसभा तथा सातौं महासभा (निर्वाचन ) ले नयाँ कार्य समितिको चयन गरेको छ । नाफिजमा मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

शनिबार (२९ मंसिर ) सम्पन्न नाफिजको निर्वाचनमा कार्कीले १०० मत पाउँदा उनका प्रत्यासी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । कार्की यसअघि नाफिजको उपाध्यक्ष रहेकी थिइन । नाफिज कार्यसमिति १३ सदस्यीय हुनेछ । त्यसमा शनिबारको महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरी १० सदस्य निर्वाचित गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन् । उनीहरुको प्रतिस्पर्धी प्रमेश्वर अधिकारी र विजय दमासे थिए ।

त्यस्तै , महासचिवमा निकेश खत्री विजयी भएका छन् । उनका प्रतिस्पर्धी नविन ढुंगाना पराजित भएका हुन् । सचिवमा भने राजाराम न्यौपानेले चेतनारायण पाण्डेलाई हराउँदै विजयी भए । कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले भोला देवकोटा (परिवर्तन) लाई हराएका हुन् ।

त्यस्तै ,सदस्यमा अनिस मिजार, अनुप आचार्य, चित्रराज भण्डारी र शुक्र गिरी विजयी भएका छन् । नाफिजको विधानअनुसार यसअघिका अध्यक्ष मोदनाथ ढकाल निवर्तमान अध्यक्षको रुपमा कार्य समितिमा रहनेछन् । बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले मनोनित गर्नेछ । उक्त निर्वाचन समितिका संयोजक कपिलदेव ढकाल रहेका थिए।

The post आर्थिक पत्रकार संघमा मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति first appeared on Khabar Breaking.

  • Related Posts

    नेप्सेमा छायो स्थिरता

    २१ पुष , काठमाडौं । केहि दिन देखि धितोपत्र बजार (नेप्से ) मा  स्थिरता कायम भएको छ। आज साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको…

    Read more

    गोरेटो बहुउद्देश्यीय सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न; कृष्ण ब. केसीको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

    काठमाडौं । धुम्बाराहीस्थित गोरेटो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। यही पुष १३ गते शनिबार सम्पन्न भएको संस्थाको साधारणसभाले कृष्ण बहादुर केसीको अध्यक्षतामा नयाँ संचालक समितिले…

    Read more

    Leave a Reply

    You Missed

    नेप्सेमा छायो स्थिरता

    • By
    • January 5, 2025
    • 1 views

    गोरेटो बहुउद्देश्यीय सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न; कृष्ण ब. केसीको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

    • By
    • January 5, 2025
    • 1 views

    नेपाल राष्ट्रिय व्यवसायी महासंघमा मनोजबाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

    • By
    • January 5, 2025
    • 7 views

    मकर जितुमाया सुरी हाइड्रोपावरको १६औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    • By
    • January 5, 2025
    • 7 views

    काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने

    • By
    • January 5, 2025
    • 7 views

    नवौँ निर्यात दिवस- २०८१: निर्यात प्रवर्द्धनमा सरकार सहजीकरणमा जोड

    • By
    • January 5, 2025
    • 7 views
    नवौँ निर्यात दिवस- २०८१: निर्यात प्रवर्द्धनमा सरकार सहजीकरणमा जोड