अष्ट्रेलियाले विदेशी विद्यार्थीका लागि अन्तर्राष्ट्रिय सीमा खुलाउन पुनर्विचार गर्ने

१३ मंसिर, काठमाडौं। नयाँ कोरोना भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेपछि अष्ट्रेलियाले दक्ष आप्रवासी र विदेशी विद्यार्थीका लागि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णय पुनर्विचार गर्ने भएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दक्ष आप्रवासी र विद्यार्थीका लागि पुन: सीमा खुला गर्ने योजनाको समीक्षा गरिने बताएका हुन् । ‘हामीले उपयुक्त सूचनाका आधारमा सुझबुझ र विवेकपूर्ण निर्णय गर्दै कमद चाल्ने छौं’, नाइन न्युजसँग सोमबार कुरा गर्दै मोरिसनले भने ।

आजै बस्न लागेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा डिसेम्बर १ गते अर्थात् बुधबारदेखि सीमा खुकुलो पार्ने निर्णयबारे छलफल हुने पनि मोरिसनको भनाइ थियो । उनले मंगलबार सबै राज्य र क्षेत्रका नेताहरूको बैठक बस्ने जानकारी समेत गराए ।

Austrailia borader AMERICA KHABAR November 29, 2021
via online khabar.com

मोरिसनले ओमिक्रोन भेरियन्टबाट उत्पन्न हुन सक्ने जोखिम, संक्रामक क्षमता र यसविरुद्ध खोपको प्रभावकारिता तय भइनसकेको हुँदा मानिसलाई नआत्तिन समेत आग्रह गरेका छन् ।

केही दिनअघि दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रोन भेरियन्टका संक्रमित अष्ट्रेलियामा समेत फेला परेका छन् । आइतबार दक्षिणी अफ्रिकाबाट आएका २ जना यात्रुमा ओमिक्रोन पुष्टि भएको थियो ।

त्यस्तै, न्यू साउथ वेल्सका स्वास्थ्य अधिकारीले आइतबार दक्षिण अफ्रिकी क्षेत्रबाट आएका ३ जनामा कोभिड-१९ पुष्टि भएको बताएका छन् । उनीहरू ओमिक्रोन भेरियन्टबाटै संक्रमित भए/नभएको भनेर प्रमाणित गर्न जिन सिक्वेन्सिङ भइरहेको अधिकारीहरूको भनाइ छ ।

अष्ट्रेलियका सबैभन्दा ठूला दुई शहर सिड्नी र मेलबर्नमा नोभेम्बर १ गते देखि खोप लगाएका नागरिकलाई क्वारेन्टाइनबिनै प्रवेश गर्न दिइएको छ । तर नयाँ भेरियन्ट पत्ता लागेपछि दुवै शहरमा यात्रासम्बन्धी नियममा कडाइ गर्दै अन्तर्राष्ट्रिय यात्रु ७२ घण्टा क्वारेन्टाइनमा बस्नुपर्ने आदेश जारी गरिएको छ ।

एजेन्सीहरूको सहयोगमा

अमेरिका खबर इडिटरियल

America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

Related Posts

राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

८ पुष ,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार  विभिन्न देशका लागि नेपालका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा संयुक्त अधिराज्यका लागि नवनियुक्त…

Read more

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

काठमाडौँ । नेपालकै पहिलो ‘ राष्ट्रिय बाँस सम्मेलन’ को आयोजना हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजनामा आगामी फागुन १५, १६ र १७ गते खोटाङ जिल्लाको दिक्तेलमा…

Read more

You Missed

राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

  • By
  • December 23, 2024
  • 0 views

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

  • By
  • December 23, 2024
  • 0 views

सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

  • By
  • December 23, 2024
  • 8 views

५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

  • By
  • December 22, 2024
  • 10 views

छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

  • By
  • December 22, 2024
  • 12 views

आज सुनचाँदीको मूल्य बढ्यो

  • By
  • December 22, 2024
  • 11 views