अपर हेवाखोला हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न; संचालक नियुक्तिको अनुमोदन

२६ असार, काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा सम्पन्न गर्दै कम्पनीको संचालक समितिबाट गरिएको स्वतन्त्र संचालकमा शेरबहादुर कार्की र संस्थापक शेयरधनीतर्फ भिमलाल पौड्यालको नियुक्ति अनुमोदन गरेको छ । सभाले रिक्त रहेको सर्वसाधारण तर्फबाट ईन्द्र प्रसाद लामोछानेलाई चयन गरेको छ।

कम्पनीका अध्यक्ष पवित्रा कार्कीको अध्यक्षतामा असार २६ गते बुधबार सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

त्यस्तै , समीक्षा आ. व. को वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् ।

यस अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा सेयरधनीलाई लाभांश दिन सकेन ।

कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८, चैत महिनादेखी व्यावसायिक उत्पादन गर्दै आएको छ।

The post अपर हेवाखोला हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न; संचालक नियुक्तिको अनुमोदन first appeared on Khabar Breaking.

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    Leave a Reply

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 9 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 11 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 10 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 8 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 16 views