सुपर माउन्ट एभरेस्ट यातायातका वातावरणमैत्री २५ विद्युतीय माइक्रोबसहरु सन्चालनमा

काठमाडौं । सुपर माउन्ट एभरेस्ट यातायात प्रा.लि. ले वातावरण मैत्री विद्युतीय माइक्रोबसहरु सन्चालन ल्याएको छ। काठमाडौ उपत्यका भित्र विभिन्न रुटमा संचालन हुने २५ वटा विद्युतीय सवारीको शनिबार (१९ साउन ) विशेष कार्यक्रमबीच सेवा शुभारम्भ गरिएको हो।

उक्त समुदघाटन कार्यक्रममा सुपर माउन्ट एभरेस्ट यातायात प्रा.लि.का अध्यक्ष तथा युवा व्यवसायी सुवन गिरीले वातावरणमैत्री विद्युतीय माइक्रोबसहरुको सन्चालनले वातावरणमा हुने प्रदुषण कम हुनुका साथै विद्युतिय सवारी प्रवर्द्धन गर्ने राज्यको नीतिलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले सिजि मोटर्सले विद्युतीय सवारीसाधनको प्रयोगमा लिएको अग्रसरता प्रसंशनिय रहेको र आफ्नो कम्पनीले सिजि मोटर्सको बसहरु प्रयोग गर्दा प्राविधिक सहयोग , पाटपुर्जा , चार्जिङ् स्टेशन लगायतमा सजिलो पर्ने बताए।

समारोहमा नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले यातायात क्षेत्रमा व्यवसायीहरुको १० खर्व लगानी र १५ हजार बढीको रोजगारी रहेकोमा राज्यले संवेदनशिल रुपले लिनुपर्ने बताए । उनले विद्युतीय बसको संचालन समयसापेक्ष कदम भएको बताउदै हरेक नेपालीले आफुले गर्ने काम जिम्मेवार र इमान्दारीपूर्वक गरेमा मात्र समाजमा व्याप्त भ्रष्टाचार र निरासा हटाउन सकिने बताए।

समुद्घाटन समारोहमा संघीय सांसद सीता मिजार, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर लगायतले शुभकामना मन्तव्य दिएका थिए।

The post सुपर माउन्ट एभरेस्ट यातायातका वातावरणमैत्री २५ विद्युतीय माइक्रोबसहरु सन्चालनमा first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री