सीमानाकामा मनाइयो भारतको ७८औं स्वतन्त्रता दिवस

३१ साउन, जनकपुरधाम । छिमेकी मित्रराष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको सीमानाकामा पनि मनाइएको छ । स्वतन्त्रता दिवसको अवसरमा धनुषाको जटही सीमा नाकास्थित सशस्त्र सीमा बल जटही पिपरौन चेक पोस्टमा झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको हो ।
सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालय, अस्पताल, प्रहरी चौकी, हाईस्कुल, बैंक, हुलाक कार्यालय, इन्स्पेक्टरको कार्यालयलगायत सरकारी तथा गैरसरकारी कार्यालयमा झण्डा फहराई स्वतन्त्रता दिवस मनाइएको हो ।
सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख सुनिल दत्तको अध्यक्षतामा भएको झण्डोत्सव कार्यक्रममा नेपाल–भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष तथा राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता डा।राजीव झा र बाहिनीका प्रमुख इन्सपेक्टर दत्तले संयुक्तरूपमा नेपाल–भारतको सीमा जटहीमा भारतको झण्डा फहराइएको थियो ।
उक्त कार्यक्रममा नेपालको तर्फबाट नेपाल–भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष डा।झा, नेपाल प्रहरीका वरिष्ठ सई सुरेन्द्र खेरवार, सशस्त्र प्रहरी सई शिव खवास र भारतको तर्फबाट सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख इन्स्पेक्टर सुनिल दत्त, जयनगर कार्यालयका इनस्पेक्टर अंकुर मिश्रका साथै एलसीएस पिपरौन कार्यालयबाट सञ्जय कुमारको उपस्थिति रहेको थियो ।
नेपाल र भारतबीच पौराणिक सम्बन्धका साथै छिमेकी देश रहेकै कारण नेपालबाट पनि भारतलाई शुभकामना दिनेको ओइरो नै लागेको हुन्छ । यसै अवसरमा भारतको तर्फबाट नेपालस्थित गैरनाफामूलक विभिन्न संघ संस्थालाई एम्बुलेन्स, स्कुल बस प्रदान गर्दे आएको छ ।

The post सीमानाकामा मनाइयो भारतको ७८औं स्वतन्त्रता दिवस first appeared on Khabar Breaking.

  • Related Posts

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    ११ पुष , काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।  धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…

    Read more

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    काठमाडौं । बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष  तथा मुक्तिनाथ…

    Read more

    Leave a Reply

    You Missed

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 9 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 9 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 9 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 9 views

    ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

    • By
    • December 25, 2024
    • 12 views

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • By
    • December 25, 2024
    • 10 views