सनातन धर्म/नेपालीको धर्म , हिन्दु धर्म अनि अरु धर्महरुको भिन्नता 

दिनेश पोख्रेल, January, 2, 2023, सान फ्रान्सिस्को, क्यालिफोर्निया, अमेरिका 

धर्म (हामी नेपाली/ हिन्दुहरुले – (क) भनौ) भनेको प्रकृतिका नियमहरू पालन गर्नु हो, तर धर्म (ख) (Religion- अंग्रेजीको) मानव निर्मित विश्वासहरूको समूह हो। 

धर्म (क) ले मानिसहरूलाई एकसाथ बाँध्छ, जबकि धर्म (ख)ले मानिसहरूलाई विभाजित गर्न सक्छ। 

7b6c7ce3 fb9e 42bf 8130 ee69a8d29d57 AMERICA KHABAR January 3, 2023
https://www.thoughtco.com/thmb/q7GtIOX70XxAiFXdix66sAcC3q8=/3859×2580/filters:fill(auto,1)/jesus-and-ganesha-appear-together-on-poster-kerala-india-148308414-57d59fab3df78c5833590f76.jpg
  • हिन्दू  धर्मलाई मूलतः धर्म मात्र भनिन्थ्यो । 
  • “हिन्दू” शब्द न त संस्कृत शब्द हो न त यो शब्द प्राचीन हिन्दू देशहरूको कुनै पनि स्थानीय बोली र भाषाहरूमा पाइन्छ।  भनिन्छ, फारसीहरूले सिन्धु नदीलाई सिन्धु भनेर सम्बोधन गर्थे। 
  • सिन्धु एक प्रमुख नदी हो जुन आंशिक रूपमा मा  प्राचिन नेपाल / अहिलेको भारत र आंशिक रूपमा पाकिस्तानमा बग्छ।  तथापि, फारसीहरूले आफ्नो मातृभाषामा “एस” अक्षरको सही उच्चारण गर्न सकेनन् र यसलाई “एच” को रूपमा गलत उच्चारण गरे। त्यसपछि यसलाई सनातन धर्म भन्न थालियो, जसको अर्थ “एक धर्म जुन मानवताको सुरुवातदेखि नै अस्तित्वमा रहेको छ र प्रकृतिको नियमहरू पालन गर्दछ”।

नेपालीको बुझाइको धर्म: भनेको राम्रो काम गर्नु हो। गरिब दुखिलाई सहयोग गर्नु, बृद्ध, असाहय, रोगीको सेवा गर्नु (हामि भन्छौ  सेवा नै धर्म हो), सानोलाई माया र ठुलोलाई आदार सत्कार गर्नु, अरुको कुभलो नसोच्नु, अरुको सम्पतिको लोभ नगर्नु, सत्यको बाटोमा हिड्नु, आफ्नै मान्छेले (दाई, भाई, बुवा, आमा, कुटुम्ब) गरेको गल्ति पनि टाढाको मान्छेले गरेको गल्ति बराबर हो, आदि इत्यादी। हामि जन्मिदै धर्मको संस्कार सिकेर जन्मियौ र जिबनभरि त्यसको पालना गर्दछौ। 

अहिंसा, सत्य, अचौर्यः/अस्तेय (कुनै पनि चिजको (अरुको सामान, अरुले गरेको काम, अरुको बिचार, अरुको बाणी आदि) चोरी नगर्ने अनि कुनै चिजको आशा पनि नगर्ने, ब्रह्मचर्य (आत्मा शुद्द भएको, आफुलाई शुद्ध  क्रियाकलापमा लगाउने),  अपरिग्रह (अरुको लोभ, लालच नगर्ने,  आफु संग जे छ त्यसमै सन्तुस्ट हुने), शौच (आफ्नो घर, गृहस्थ, शरीर सफा राख्ने), सन्तोष राख्ने (सानो सानो कुरामा घब्राहट नगर्ने), जप/तप गर्ने,  स्वाध्याय (आफै अध्यन गर्ने, अरुले जे भन्छ त्यहि फलो नगर्ने) आदि इत्यादी धर्मका उदाहरण हुन्। धर्म भनेको एउटा जीवनको अनुसासन हो। धर्ममा हिड्ने मान्छेमा परमात्माको बास हुन्छ भन्ने विश्वास हामि सबैको रहेको छ। 

माथिका सबै आचरण  संगै एक धर्मको बाटोमा हिड्ने मान्छेमा दया, क्षमा, ध्यान, नम्रता, मीठो स्वभाव, इन्द्रियको नियन्त्रण, मौन, व्रत, वेदमा आधारित यज्ञ, गुरुसेवा, धर्मसेवा, धर्मको स्तुति, मातृमुमीप्रतिको प्रेम, धर्मको रक्षा र समानताको व्यवहार (अर्थात् कसैलाई पनि उच्च वा निम्न नठान्ने, जातिको पालना नगर्ने)  गुण हुन्छ। नरिसाउनु,  अरुको लोभ/लालच नगर्नु , धोका नदिनु, अल्छी नहुनु, पति वा पत्नी एक अर्कालाई धेरै माया गर्नु/ अरुसंग अनैतिक सम्बन्ध नराख्नु, रातभरिको काम छोड्नु, सामाजिक उत्तरदायित्व बुझ्नु, सन्तानको सहयोगी हुनु, गालि गलौच नगर्नु, अरुसंग कहिल्यै नरिसाउनु, सबै प्राणीलाई माया गर्नु , रक्सी, जुवातास, सट्टेबाजी, मासु नखानु र वेश्यावृत्तिबाट टाढा रहनुलाई पनि धार्मिक अभ्यास भनिन्छ ।

अधर्म:/ अधर्मी: हामि भन्छौ  अधर्मी भनेको अरुको कुभलो सोच्ने, अरुलाई ठग्ने, काम नगर्ने, अल्छि, विलासिताको जिन्दगीमा केन्द्रित, धन/सम्पति कमाउनको लागि नराम्रो कामहरु गर्ने, पैसा भनेपछि मरी हत्य गर्ने, धर्म नमान्ने 

image 1
Source : https://i.pinimg.com/originals/db/9c/35/db9c35b35f7a7a08ea7f664cc64237bc.png image 1
  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    डा चिन्तामणी नाथ योगी – सचेत भया !!!

    Subject: Article of CM Yogi- समयमै सचेत भया समयमै सचेत भया !!! यस लेखको उद्देश्य कुनै शास्त्रीय व्याख्यान होइन र कुनै विद्वत्ताको प्रदर्शन पनि होइन, न त कुनै लेख लेख्ने प्रदर्शन वा अभिमान…

    Read more

    जनैपूर्णिमाको महत्त्व वैदिक नियम अनुसार

    जनै पूर्णिमाको धेरै धेरै शुभकामना। वैदिक शास्त्र अनुसार रक्षाबंधन कसरी मनाइन्छ ?रक्षाबन्धन दाजुभाइ र दिदीबहिनीबीचको प्रेमलाई मनाउने चाड मात्र होइन; यसको पनि धेरै महत्व छ। वैदिक शास्त्र अनुसार रक्षाबंधन कसरी…

    Read more

    You Missed

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान