संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन प्रधानमन्त्री तथा शीर्ष नेतालाई बुझाइयो

२३ साउन, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण ( टीआरसी ) विधेयक टुंगो लगाउन गठित कार्यदलले बुधबार (२३ साउन ) प्रधानमन्त्री केपी शर्मा ओलीसिहतका  शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ ।

कार्यदल सदस्यहरूले सहमतिको लिखित प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो ।

शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत अघि बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी रहेको कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए ।

कार्यदलले  दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाएपछी  उक्त सहमतिको प्रतिवेदन आज सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो । गत बिहीबार तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।

सुरुदेखि नै विवादित रहेको द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषय टुंगिएपछि सहमति हुनसकेको हो । मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक गरिएको हत्यालाई मानवअधिकारको गम्भीर उल्लंघनमा राख्ने सहमति दलहरुले गरेका छन् ।

मानवअधिकारको उल्लंघनका घटनामा सहमतिका लागि पीडितको सहमति अनिवार्य गरिएको छ । यसअघि पीडितको सहमति नभएमा के गर्ने भन्ने विवाद थियो ।

प्रतिवेदनमा द्वन्द्वकालमा मारिएका तथा घाइते भएका सुरक्षाकर्मीको परिवारलाई पीडित सरह परिपूरण दिने सहमति उल्लेख छ ।  बहिगर्मित लडाकूहरुलाई द्वन्द्व प्रभावितका रुपमा परिपूरण दिने सहमति पनि भएको छ ।

The post संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन प्रधानमन्त्री तथा शीर्ष नेतालाई बुझाइयो first appeared on Khabar Breaking.

  • Related Posts

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    ११ पुष , काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।  धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…

    Read more

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    काठमाडौं । बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष  तथा मुक्तिनाथ…

    Read more

    Leave a Reply

    You Missed

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 7 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 8 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 8 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 8 views

    ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

    • By
    • December 25, 2024
    • 11 views

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • By
    • December 25, 2024
    • 8 views