काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस सहकारीको रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
उनलाई काठमाडौँको बालुवाटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताएका छन् । उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइने एसएसपी भट्टराईले बताए ।
The post लालीगुराँस बहुउद्देश्यीयका अध्यक्ष सुरेन्द्र भण्डारी पक्राउ first appeared on Khabar Breaking.