माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि पेरिस डाँडामा बस्दैछ। बैठक बिहान ११ बजे सुरु हुनेछ ।शुक्रबारदेखि जारी बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा नेताहरुले आआफ्नो धारणा राख्ने क्रम जारी छ ।

आइतबार बोल्ने अधिकांश नेताले अध्यक्ष दाहालको आलोचना गर्दै पार्टी सञ्चालनको सही विधि प्रणाली बनाउन जोड दिएका छन् । पार्टी उपमहासचिव जनार्दन शर्माले पछिल्ला राजनीतिक घटनाक्रममा अध्यक्ष दाहाल जिम्मेवार रहेको इंगित गर्दै पार्टी नेतृत्व हस्तान्तरणका लागि लिखित रूपमै तीन विकल्प दिएका छन् ।

अर्का उपमहासचिव वर्षमान पुनले अध्यक्ष दाहालले साढे तीन दशकभन्दा बढी पार्टीको नेतृत्व गरिसकेकाले अगाामी दिनमा नेतृत्वको कार्यकाल पनि तोक्नुपर्ने धारणा राखेका थिए ।

The post माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न