मंगलबार एक सय ४५ अंकले घट्यो नेप्से, २३ अर्ब ७१ करोडको कारोबार

२३ साउन ,काठमाडौँ । मंगलबार सेयर बजार हालसम्मकै सबैभन्दा बढी अर्थात् एक सय ४५ अंकले घट्यो। एकै दिन यति ठूलो अंकले सेयर परिसूचक नेप्से घटेको यो हालसम्मकै पहिलो भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

यसअघि ०७७ मंसिर २१ आइतबार एकै दिन नेप्से एक सय २३.३५ अंकले घटेको थियो । सोमबार करिब ४१ अंकले बढेर दुई हजार सात सय ९६ अंकमा बन्द भएको नेप्से परिसूचक मंगलबार एक सय ४५.०५ अंक अथवा ५.१८ प्रतिशत घटेर दुई हजार छ सय ५१.३२ अंकमा ओर्लेको छ ।

अर्कोतर्फ सबैभन्दा बढी कारोबार अर्थात् २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको किनबेच भयो । कारोबार सुरु भएदेखि नै खरिदको तुलनामा बिक्री चाप बढी भएपछि उच्च अंकले गिरावट आएको छ । नेपाली सेयर बजारमा मंगलबार एकै दिन दुईवटा नयाँ रेकर्ड कायम भएको छ ।

मंगलबार सेयर बजारको गिरावटलाई फरक–फरक विश्लेषण गरिएको छ । कसैले छोटो समयमा करिब सात सय अंक बजार बढिसकेकाले अहिले ‘करेक्सन’ (लामो वृद्धि वा गिरावटपछि सेयर बजारले लिने विपरीत दिशा) भएको भन्दै आएका छन् भने केहीले सरकारबाट हस्तक्षेप हुन सक्ने आशंका पनि गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सेयर बजार अस्वाभाविक रूपमा बढिरहेको र सरकारले त्यसलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका थिए । सदनमा सांसदहरूको दबाब बढ्दै गएमा सरकारले सेयर बजारलाई हस्तक्षेप गर्न सक्ने अनुमान पनि लगानीकर्ताहरूले गर्न थालेका छन् ।

सोमबारको बैठकमा सेयर बजारमा अस्वाभाविक कारोबार देखिएको भन्दै पूर्वअर्थमन्त्री प्रकाशशरण महत र सांसद अमरेश कुमार सिंहले प्रश्न गरेका थिए।

मंगलबार कारोबारमा आएकामध्ये ८ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय ३३ कम्पनीको घट्यो र बाँकी एक कम्पनीको स्थिर रह्यो

The post मंगलबार एक सय ४५ अंकले घट्यो नेप्से, २३ अर्ब ७१ करोडको कारोबार first appeared on Khabar Breaking.

  • Related Posts

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    ११ पुष , काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।  धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…

    Read more

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    काठमाडौं । बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष  तथा मुक्तिनाथ…

    Read more

    Leave a Reply

    You Missed

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 9 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 9 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 9 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 9 views

    ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

    • By
    • December 25, 2024
    • 12 views

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • By
    • December 25, 2024
    • 10 views