पाल्पा-काठमाडौ सम्पर्क समितिले गर्यो राज्यमन्त्रीलाई बधाईपत्र सहित सम्मान

१३ भदौ, काठमाडौं । नेपाली काँग्रेसको पाल्पा काठमाडौ सम्पर्क समितिले काठमाडौमा तीज सांस्कृतिक कार्यक्रमसँगै दरखाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा केही दिन अगाडी वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त हुनु भएकी पाल्पाली चेली रुपा विकलाई बधाईपत्र सहित सम्मान गरिएको थियो ।

सम्पर्क समितिकी अध्यक्ष विमला बस्याल, कार्यक्रमका विशिष्ट अतिथि तथा कांग्रेसका लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारीलगायतले उहाँलाई बधाई पत्र हस्तान्तरण गर्दै कार्यकालको सफलताको कामना गर्नु भएको थियो । सम्मानपछि राज्य मन्त्री विकले कांग्रेसको राजनीतिमा लागेपछि विकट र पछाडि पारिएको समुदायमा जन्मेपनि कुनै न कुनै बेला अवसर पाईने रहेछ भन्ने पुष्टि भएको बताउनु भयो ।

आफ्नो वर्ग तथा समूदायको अधिकार स्थापित गर्ने माध्यम भनेको राजनीति नै भएकाले पछाडी पारिएको वर्ग तथा समुदायका व्यक्तिहरु बझ बढी राजनीतिमा लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले महिला अधिकार स्थापित गर्न महिलाहरुलाई आफै मेहनेती र सक्षम हुदै राजनीतिमा सक्रिय हुन पनि आह्वान गर्नु भयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष खिमानन्द बस्याललाई कदर पत्र र हालै विद्यावरिधी हासिल गर्नु भएकी अधिवक्ता डा विष्णुदेवी बस्याललाई सम्मानपत्र सहित बधाई ज्ञापन गरिएको थियो ।

सो अवसरमा समितिको नयाँ विधान अनुसार साउन १९ गते गठित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

औपचारिक कार्यक्रमपछिको सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु श्रीदेवी देवकोटा, रामचन्द्र चन्द, प्रेम लामिछाने मगर, कल्पना रेग्मीलगायतको सांगीतीक प्रस्तुतीसँगै सहभागीहरु नाच्ने, गाउने गरेका थिए । कार्यक्रममा समितिको निमन्त्रणा अनुसार अन्य पार्टीमा आस्था राख्नेहरु पनि कार्यक्रममा सहभागी भएको समितिका सचिव विष्णु गैरेले जानकारी दिनु भयो ।

The post पाल्पा-काठमाडौ सम्पर्क समितिले गर्यो राज्यमन्त्रीलाई बधाईपत्र सहित सम्मान first appeared on Khabar Breaking.

  • Related Posts

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    फाइल तस्बिर । २९ पुस , काठमाडौं । साझा यातायातले रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा आवेदन माग गरेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पूर्ति गर्ने गरी साझाले सोमबार सिइओमा…

    Read more

    Leave a Reply

    You Missed

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

    आज तीनवटा संसदीय समितिको बैठक बस्दै