२६ साउन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपाल विकासको प्रमुख आधार पर्यटन क्षेत्र नै भएको बताउनु भएको छ । थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा कैलालीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सोही अबसरमा राज्यमन्त्री चौधरीले नेपालका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्नुपर्ने बताउनु भयो ।
‘नेपालजस्तो अनौठो र विविधताले भरिएको संस्कृति विश्वका कुनै देशमा छैनन् । सुन्दर र रमणीय पर्यटकीय गन्तव्य अन्य कुनै देशमा छैन । त्यसैले विश्वका कुनै पनि देशले नेपालको पर्यटनसँग प्रतिस्पर्धा गर्न सक्दैन,’ राज्यमन्त्री चौधरीले भन्नु भयो । यहाँको पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने उहाँको भनाइ छ ।
The post पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्छः राज्यमन्त्री चौधरी first appeared on Khabar Breaking.