काठमाडौं ।बिहीवार (३१ साउन ) नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ अंकमा पुगेको छ । त्यस्तै , शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार भएको छ । बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रूपैयाँको कारोबार भएको हो ।
हिजो १०५ कम्पनीको शेयर मूल्यवृद्धि भएको छ भने, १३७ कम्पनीको घटेको छ । ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३ सय ४६ कित्ता खरिदबिक्री भएको छ । भने, ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जी कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।
The post नेप्से परिसूचक ३ हजार अंकमा; २९ अर्ब बढीको कारोबार first appeared on Khabar Breaking.