१० मंसिर , पोखरा । पोखरामा लघु बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सम्पन्न गरेको छ । कार्यक्रम उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख केशवप्रसाद दाहालले जुन ठाउँमा ठूला कम्पनी पुगेका छैनन् ती ठाउँमा बीमा कम्पनी पुर्याउने उद्देश्यका साथ लघु बीमा कम्पनी स्थापना गरिएको बताउनु भयो । बीमाबाट नोक्सान र नाफा दुवै नहुने भन्दै दाहालले यस्ता खालका कार्यक्रम सबै कम्पनीले गर्नुपर्ने बताउनु भयो ।
यस्ता गतिविधिमा प्राधिकरणको सधैँ साथ रहने उहाँको भनाई छ । प्राधिकरणले पनि गण्डकी प्रदेशमा बीमा सचेतनका कार्यक्रम गर्दै आएको उहाँले बताउनु भयो । कृषि बिकास बैंकका प्रदेश प्रमुख घनेन्द्र अधिकारीले यस्ता प्रकृतिका कार्यक्रम कृषि बिकास बैँकले आयोजना गर्नुपर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स् कम्पनीले गरेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा सँगै सहकार्य गरेर जाने प्रतिबद्दता समेत ब्यक्त गर्नु भयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले सिमान्तकृत समुदाय तथा न्यून आय भएका समुदायलाई लक्षित गरी कम्पनीले देशैभरी शाखा विस्तार गरेको जानकारी दिनु भयो ।
नेपाल माइक्रो इन्स्यारेन्स कम्पनी सधैँ ग्राहकको पक्षमा हुने भन्दै उहाँले बिना झन्झट, छिटोछरितो तरिकाले सेवा दिएको र सोही अनुरुप दावी भुक्तानी गरेको उहाँले स्पष्ट पार्नु भयो ।
अन्तरक्रियाका क्रममा सहभागीबाट उठेका जिज्ञाशामा कार्यकारी अधिकृत रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत अनीलराज गिरी र प्रबन्धक प्रयास श्रेष्ठले संवोधन गर्नु भएको थियो ।
The post नेपाल माइक्रो इन्स्योरेन्सको लघु बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न first appeared on Khabar Breaking.