नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित हुने गरि डीआईजी केसीको सरुवा

१३ साउन, काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष  व्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवा गरेको छ। केसी दुई महिना नपुग्दै ब्युरोबाट सरुवा भएका हुन्।

डीआईजी केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झालाई पक्राउ गरेर अनुसन्धानलाई अगाडि बढाउने काम गरेका थिए।

गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको छ। प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्युरोमा पठाइएको छ।

डीआईजीमा बढुवा भएपछि उनलाई विशेष ब्युरोमा पदस्थापन गरिएको थियो। तर सरकार परिवर्तन भएसँगै पहिलो निशानामा केसी परेका छन्। केसी नक्कली भुटानी शरणार्थीको फाइल अगाडि बढाउने अधिकृत हुन्। उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख हुँदा शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाइएको थियो।

पछिल्लोपल्ट बेचन झालाई पनि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर विदेश रहेका बेला भारतबाट ल्याइएको थियो। भारतीय प्रहरीले बेचन र प्रतीक थापालाई पक्राउ गरेर विशेष ब्युरोसँग समन्वय गरी नेपाल पठाएको थियो।

धेरै भीआईपीको संलग्नताबारे सूचनाका लागि महत्त्वपूर्ण ठानिएका बेचनमाथिको अनुसन्धान विचाराधीन नै छ। प्रतीक भने अघिल्लै मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। बेचनको अनुसन्धान नसकिँदै उनलाई केसीलाई ब्युरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।

त्यहाँ कार्यरत केसीकै ब्याची राजन अधिकारीलाई विशेष ब्युरोमा ल्याइएको छ। पछिल्लो समय केसीको प्रहरी महानिरीक्षक कुँवरसँग पनि सम्बन्ध बिग्रिएको थियो।

यस्तै सरकारले सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवाली र काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेलाई पनि सरुवा गर्ने तयारी गरिरहेको छ।

सीआईबी प्रमुखलाई तत्काल हटाउने तयारी भइरहे पनि काठमाडौं प्रमुख रजौरेलाई भने बेचनको अनुसन्धान सकिएपछि मात्रै सरुवा गर्ने तयारीमा गृह मन्त्रालय छ।

The post नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित हुने गरि डीआईजी केसीको सरुवा first appeared on Khabar Breaking.

  • Related Posts

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

      १८ पुष,काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा…

    Read more

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

      १८ पुष, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने…

    Read more

    Leave a Reply

    You Missed

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

    • By
    • January 2, 2025
    • 8 views

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

    • By
    • January 2, 2025
    • 8 views

    विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन

    • By
    • January 2, 2025
    • 8 views
    विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको साधारणसभा-२०८१ को उद्घाटन समारोहमा पर्यटन राज्यमन्त्रीको सम्बोधन

    कृषिको अनुदान क–कसले पाए खोजी गरी सार्वजनिक गछौं ः अध्यक्ष तिमिल्सीना

    • By
    • January 2, 2025
    • 8 views

    सुनचाँदीको मूल्य बढ्यो

    • By
    • January 2, 2025
    • 4 views

    माओवादी स्थायी कमिटी बैठक बस्दै

    • By
    • January 2, 2025
    • 9 views