१२ असोज,काठमाडौं ।गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । मन्त्रालयका अनुसार विहान साढे १० बजेका लागि बैठक बोलाइएको हो । दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न बैठक बोलाइएको जनाइएको छ ।
गृहमन्त्री लेखकले निरन्तरको वर्षाका कारण देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै जनधनको क्षति हुने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गर्नुभएको छ ।
The post केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बस्दै first appeared on Khabar Breaking.