![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
एमालेले बोलायो सचिवालय बैठक
फाइल तस्बिर
८ माघ, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा मंगलबार अपरान्ह ४ बजे बैठक बोलाइएको हो । बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ ।
आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेका गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको प्रतिक्रिया दिएका थिए ।