अमेरिकी राष्ट्रपतिको निर्वाचन: प्रारम्भिक मतपरिणाममा ट्रम्प अगाडि

२१ कार्तिक , काठमाडौं । ५ नोभेम्बर अर्थात मंगलबार सम्पन्न अमेरिकाको ४७‍औं राष्ट्रपतिको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । सुरुवाती मतपरिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । सीएनएनका अनुसार उनी अहिलेसम्म १५४ इलेक्टोरल मतसहित अगाडि देखिएका छन्। त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस ८१ इलेक्टोरल मतमा अगाडि छिन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।

यतिबेला  सार्वजनिक मतपरिणाम सुरुवातको हो । त्यसैले अहिलेकै अग्रतालाई लिएर कसले जित्न सक्छ भन्ने अनुमान गर्न कठिन हुन्छ । सन् २०२० मा पनि सुरुवाती नतिजामा ट्रम्पले अग्रता बनाएका थिए । तर अन्तिममा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले उनलाई पछाडि पारेका थिए । अन्तिम नतिजा आउन २/३ दिनसम्म लाग्न सक्ने देखिन्छ ।

५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन् । त्यस्ता राज्यहरू ‘ब्लु’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ ।

यस पटक पनि पहिलेजस्तै निर्वाचन परिणाम नै निर्धारण गर्ने‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को मतले राष्ट्रपति चयनमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ । पेन्सिलभेनिया (१९), जर्जिया (१६), नर्थ क्यारोलाइना (१६), मिसिगन (१५), एरिजोना (११), विस्कन्सिन (१०) र नेभादा (६) गरी ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को कुल इलेक्टोरल मत ९३ छ ।

सीएनएनको प्रोजेक्सनअनुसार पूर्वराष्ट्रपति ट्रम्पले केन्टकी, इन्डियाना, वेस्ट भर्जिनिया, अलाबामा, टेनिसी, मिसोरी, ओक्लाहोमा, फ्लोरिडा, साउथ क्यारोलाइना, अर्कान्सास, टेक्सस, नर्थ डकोटा, साउथ डकोटा, योमिङ राज्यमा जित्ने देखिन्छ । त्यस्तै उपराष्ट्रपति ह्यारिसले न्युयोर्क, इलिनोय, रोड आइल्यान्ड, डेलावेयर, डिस्ट्रिक्ट अफ कोलम्बिया, मेरिल्यान्ड, म्यासाचुसेट्स, भर्मोन्टमा जित हात पार्ने सक्ने सीएनएनको प्रोजेक्सन छ ।

The post अमेरिकी राष्ट्रपतिको निर्वाचन: प्रारम्भिक मतपरिणाममा ट्रम्प अगाडि first appeared on Khabar Breaking.

  • Related Posts

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    ११ पुष , काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ ।  धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…

    Read more

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    काठमाडौं । बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भानुभक्त ढकालको सभापतित्व एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष  तथा मुक्तिनाथ…

    Read more

    Leave a Reply

    You Missed

    ४९ अर्ब बढीको आइपिओ निष्कासन गर्न ८० कम्पनीहरु पाइपलाइनमा

    • By
    • December 26, 2024
    • 9 views

    रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारणसभा सम्पन्न; कृषि श्रोत केन्द्रदेखि लघुवित्तसम्म विश्वसनीय सेवाको प्रतिबद्धता

    • By
    • December 26, 2024
    • 9 views

    गरिमा म्युचुअल फण्डको “गरिमा समृद्घि योजना” मा आवेदन दिने आज अन्तिम दिन

    • By
    • December 26, 2024
    • 9 views

    म्याग्दी बचत तथा ऋण सहकारीको १७औं साधारणसभा सम्पन्न; ४.७५% भन्दा बढी लाभांश प्रदान

    • By
    • December 26, 2024
    • 9 views

    ‘फेसियल हाउस’ ब्युटी सैलुनले मनायो सत्रौं वार्षिकोत्सब

    • By
    • December 25, 2024
    • 12 views

    फेसियल हाउस’को १७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • By
    • December 25, 2024
    • 10 views