🎄 Holiday Season Special
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । सुन र चाँदीको मूल्य बिहीबार घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला ५ हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.