सुदन किराँतिको भनाइप्रति एमाले नेताहरूको आपत्ति, ‘सुरेन्द्र पाण्डे जस्तो नेता पार्टी छोड्दैनन्’

0
27

 

 

१३ पुष,काठमाडौँ । नेकपा एमालेका महासचिव पदमा झिनो मतान्तरले पराजित नेता सुरेन्द्र पाण्डेलाई पार्टीभित्र विद्रोह गरी बाहिर आउन प्रेरित गर्ने आशयको भनाइप्रति एमाले नेताहरूले कडा आपत्ति जनाएका छन् ।  सुदन  किराँतिकोअभिव्यक्तिप्रति असहमति जनाउँदै एमाले नेताहरूले त्यसलाई गैरजिम्मेवार र हास्यास्पद टिप्पणीको संज्ञा दिएका छन् ।

एमाले नेताहरूका अनुसार सुरेन्द्र पाण्डे पार्टीका होनहार, बौद्धिक र सैद्धान्तिक रूपमा परिपक्व नेता हुन् भन्ने कुरा मन्त्रीस्तरको जिम्मेवारी सम्हालेका  किराँतिलाई राम्रोसँग थाहा हुनुपर्ने हो । पार्टीप्रति निष्ठा, आदर्श र सिद्धान्तमा सधैं अडिग रहने पाण्डे जस्तो नेतामाथि रिस, द्वेष वा ईर्ष्याबाट प्रेरित टिप्पणी गर्नु आफैंमा दुर्भाग्यपूर्ण भएको उनीहरूको भनाइ छ ।

एमाले निर्माणमा पाण्डेको योगदान कार्यकर्तामाझ घामजत्तिकै छर्लङ्ग रहेको उल्लेख गर्दै नेताहरूले प्रतिस्पर्धामा जित–हार हुनु स्वाभाविक राजनीतिक प्रक्रिया भएको बताएका छन् । निर्वाचनमा पराजित हुँदैमा पार्टी छोड्ने, पलायन हुने वा आत्मसमर्पण गर्ने स्वभाव सुरेन्द्र पाण्डे जस्तो खारिएको नेतासँग मेल नखाने उनीहरूको ठम्याइ छ ।

नेताहरूले सुदन  किराँतिलाई आफ्नै राजनीतिक बाटो रोज्ने अधिकार रहेको उल्लेख गर्दै, नयाँ पार्टी बनाउने हो भने त्यसमा सद्भावना रहने पनि स्पष्ट पारेका छन् । तर अर्को पार्टीका नेताको मन लोभ्याएर आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने सोच दिवास्वप्न मात्र हुने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भर्खरै सम्पन्न भएकाले त्यहाँ देखिएका कमजोरी र सबल पक्षको समीक्षा पार्टीभित्रै हुने नेताहरूको भनाइ छ । कार्यकर्ताले ठिक र बेठिक छुट्याउन सक्ने क्षमता राख्ने उल्लेख गर्दै, एमाले जनताको मन र मस्तिष्कमा सधैं जीवित रहने उनीहरूको दाबी छ ।

नेताहरूका अनुसार एमालेभित्र सबै नेताहरू एउटै चरित्र र कार्यशैलीका हुँदैनन् । तथापि पार्टीलाई अझ उन्नत स्तरमा पुर्‍याउने अभियानमा आफूहरू निरन्तर लागिरहने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन् ।

सुरेन्द्र पाण्डेको योगदान स्मरण गर्दै एमाले नेताहरूले उनलाई सफल पूर्व अर्थमन्त्री, राष्ट्रिय सभाका प्रमुख सचेतक, संसदीय दलका उपनेता, संविधान लेखन मस्यौदा समितिका मस्यौदाकार, विद्यार्थी र युवा संगठनदेखि कर्णाली, कोशी, उपत्यका, बागमती र सुदूरपश्चिमसम्म कमाण्ड सम्हालेका अनुभवी नेता भएको बताएका छन् । पछिल्लो समय विश्वव्यापी रूपमा चर्चामा आएको डाटा पुँजीवादका विषयमा नेपालकै चर्चित विज्ञका रूपमा पाण्डे स्थापित भएको उनीहरूको भनाइ छ ।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here