सामाजिक सुरक्षा कोषमा उद्योग व्यवसाय क्षेत्रलाई समावेश गर्न समझदारी
२३ मंसिर, काठमाडौं । सामाजिक सुरक्षा योजनामा आवद्धता विस्तार गर्ने लक्ष्यसहित सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसंघबीच आज औपचारिकरूपमा सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र उद्योग परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि उद्योग परिसंघले आफ्नो संरचनामा रहेका संघ–संस्था तथा उद्योग प्रतिष्ठानलाई श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सहजीकरण गर्नेछ । कोषले पनि उद्योग क्षेत्रसँग सहकार्य गर्दै सामाजिक सुरक्षा योजना सम्बन्धी सचेतना र प्रशिक्षण कार्यक्रम नियमित सञ्चालन गर्ने जनाएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.