विभाजन भएको चार वर्षपछि गैरआवासीय नेपाली संघको एकता घोषणा

0
23

 

मंसिर १४ काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) को विभाजन भएको चार वर्षपछि वृहत एकता घोषणा गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आईतवार दुई कमिटीबीच संघको एकता घोषणा गरिएको हो ।

विभाजित संघमा अध्यक्षद्वय डा बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । १० औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो ।

१२ औँ महाविधेशन गर्नको लागी अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने,  १० औँ र ११ औँ महाधिवेशनमा निर्वाचित भएका दुबैतिरका समितिलाई मान्यता दिने,अदालतमा दुवै पक्षले गरेका मुद्दामामिला फिर्ता गर्ने, सदस्यता वितरणको लागी समय थप गर्ने लगायत बिषयमा सहमति भएको  बताइएको छ ।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here