वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२ मंसिर, काठमाडौं । प्रहरीले वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ बस्ने २२ वर्षीय आदर्श तिमल्सिना र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ४ घर भएका ३४ वर्षीय आशिष खोखाली रहेका छन्।
पक्राउमध्ये आदर्शले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख ५० हजार रुपैयाँ र आशिषले ११ लाख ५० हजार रुपैयाँ लिई फरार भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(१२ बाट आदर्शलाई आइतबार र आशिषलाई सोमबार पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.