रुकुम–पूर्व नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्रः संयोजक दाहाल

0
23

काठमाडौं । नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रूपमा रहेको रुकुम–पूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले रुकुम–पूर्व नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उल्लेख गरे ।

पूर्वी–रुकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्दै उनले चुनवाङ बैठकले महिला, जनजाति, मधेसी, थारुलगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताए ।

चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको संयोजक दाहालको भनाइ छ । उनले रुकुम(पूर्वकै लवाङ बैठकमा पार्टीभित्र ऐतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गरे ।

हाल देश जेनजी आन्दोलनपछि जटिल अवस्थामा रहेको उनको भनाइ छ । राष्ट्रलाई एकतावद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिने र देशभर समाजवाद निर्माणको नयाँ सन्देश प्रवाह गर्न रुकुम(पूर्व उपयुक्त थलो भएको संयोजक दाहालले बताए ।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here