राष्ट्रिय पोसाक पहिचान दिवसको अवसरमा डा. लुईटेलको शुभकामना
१७ पुष, काठमाडौं । आज टोपीसहित दौरा सुरुवाल र गुन्यौ–चोलीजस्ता नेपाली मौलिक पोसाकलाई सम्मान गर्दै राष्ट्रिय पोसाक पहिचान दिवस मनाइँदैछ। यस अवसरमा प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुईटेलले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत अध्यक्ष डा. लुईटेलले नेपाली मौलिक पोसाक केवल पहिरन मात्र नभई हाम्रो इतिहास, संस्कृति र राष्ट्रियताको जीवन्त प्रतीक भएको उल्लेख गरे। “टोपीसहित दौरा सुरुवाल र गुन्यौ–चोलीले नेपाली पहिचानलाई विश्वसामु उजागर गर्छ,” उनले भने, “यस दिवसले हामी सबैलाई आफ्नो मौलिकता जोगाउँदै राष्ट्रिय एकता र स्वाभिमान सुदृढ गर्न प्रेरित गर्छ।”
उनले विश्वव्यापीकरणको प्रभावका बीच पनि नेपाली मौलिक पोसाकको संरक्षण, प्रवर्द्धन र प्रयोगलाई दैनिक जीवनमै आत्मसात गर्नुपर्नेमा जोड दिए। “नयाँ पुस्तामा आफ्नो संस्कृति प्रतिको गर्व र जिम्मेवारी बढाउन यस्ता दिवसहरूको महत्वपूर्ण भूमिका छ,” डा. लुईटेलले थपे।
राष्ट्रिय पोसाक पहिचान दिवसका अवसरमा देशभर विभिन्न संघ–संस्था तथा समुदायहरूले मौलिक पोसाक लगाएर कार्यक्रम, र्याली र सांस्कृतिक गतिविधिहरू आयोजना गर्दै नेपाली पहिचानलाई उत्सवका रूपमा मनाइरहेका छन्।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.