🎄 Holiday Season Special
रवि लामिछानेलाई पुर्याइयो विमानस्थल
४ पुष, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विमानस्थल पुर्याइएको छ। नखु कारागारबाट प्रहरीले लामिछानेलाई भैरहवा लैजानका लागि विमानस्थल पुर्याएको हो।
रुपन्देही पुगेपछि आवश्यक प्रक्रिया पूरा गरेर उनलाई आजै रिहा गरिने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिनुभयो। यसअघि उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले तीनवटा सर्तसहित लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो। अदालतको आदेशअनुसार प्रक्रिया पूरा भएपछि लामिछाने आजै रिहा हुने बताइएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.