युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। मन्त्री गुप्ताले राजीनामा दिने निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराइसकेको र हाल प्रक्रिया अगाडि बढिरहेको प्रशासनलाई बताएका छन्।
पछिल्लो समय अमेरिका भ्रमणसम्बन्धी विषयलाई लिएर उनी विवादमा तानिएका थिए। उक्त विषयमा आलोचना बढ्दै गएपछि मन्त्री गुप्ताप्रति प्रधानमन्त्रीसमेत असन्तुष्ट रहेको बताइएको छ।
‘ मैले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराइसकेँ ‘ मन्त्री गुप्ताले भने,’ प्रधानमन्त्रीले प्रक्रिया मिलाउन मात्र बाँकी छ ।’ उनले अब चुनावका लागि आफू होमिने बताए । उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए । उनी कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका थिए ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.