🎄 Holiday Season Special
नेपाली कम्युनिष्ट पार्टीले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै
५ पुष, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दल मिलेर बनेको नेकपाले सन्देश सभाका रूपमा शक्ति प्रदर्शन गर्न लागेको हो।
सभाका लागि बिहान ११ बजे काठमाडौं उपत्यका तथा बागमती प्रदेशका १३ जिल्लाबाट नेता–कार्यकर्ताहरू र्यालीसहित भृकुटीमण्डप पुग्ने छन्।
सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यतालिका छ। यसअघि नेकपाले मधेस, गण्डकी, कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.