नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश

0
5

 काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड ४१औँ वर्षमा प्रवेश गरेको छ। चार दशक लामो यात्रामा बैंकले ग्राहक, शेयरधनी, नियामक निकाय, साझेदार संस्था तथा कर्मचारीहरूको निरन्तर विश्वास र सहयोगका आधारमा नेपालको वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको जनाएको छ। ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण हितकारीप्रति हार्दिक आभार व्यक्त गरेको छ।

४०औँ वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे ले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे ले डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए। उनले प्रविधिमैत्री सेवामार्फत समयानुकूल बैंकिङ अभ्यासलाई विस्तार गरिने उल्लेख गरे।

वार्षिकोत्सवको अवसर पारेर बैंकले विगत आठ वर्षदेखि निरन्तरता दिँदै आएको वित्तीय साक्षरतामा आधारित चित्र पुस्तक प्रकाशन कार्यक्रमलाई पनि अघि बढाएको छ। यस वर्ष बैंकले ‘३ आर सुन्दर संसार’ नामक आठौँ संस्करणको चित्रकथा पुस्तक सार्वजनिक गरेको जनाएको छ। पुस्तकमा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोतको संरक्षण र ग्लोबल वार्मिङ जस्ता विषयलाई सरल, रमाइलो र ज्ञानवर्द्धक शैलीमा प्रस्तुत गरिएको छ।

बैंकका अनुसार वातावरणमा भइरहेको तीव्र परिवर्तनले मानव स्वास्थ्य, भविष्य र पृथ्वीको सन्तुलनमा गम्भीर चुनौती सिर्जना गरिरहेको सन्दर्भमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बालबालिकालाई सचेत बनाउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो।

यसैबीच, वार्षिकोत्सव दिवसका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ। कार्यक्रममा बैंकका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

हाल बैंकले देशभर २६९ शाखा, २५७ एटीएम, ६५ एक्स्टेन्सन काउन्टर तथा ६० शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here