देशमा बढ्दै गएको शैक्षिक बेरोजगारीको समस्या समाधानका लागि नेपाल सरकार गम्भीर हुनुपर्नेमा शर्माको जोड

0
49

२४ पुष, काठमाडौं । प्याब्सनको ३५ औँ स्थापना दिवस आज सम्पन्न भएको छ। प्याब्सनका केन्द्रीय उपाध्यक्ष रबिन्स शर्माले काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित समारोहमा शुभकामना मन्तव्य राख्दै आजको आवश्यकता गुणस्तरीय र सीपमूलक शिक्षा भएको बताएका छन्। उनले देशमा बढ्दै गएको शैक्षिक बेरोजगारीको समस्या समाधानका लागि नेपाल सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

उपाध्यक्ष शर्माले नेपालको शैक्षिक विकासमा निजी तथा आवासीय विद्यालयहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा प्याब्सन निरन्तर लागिरहेको बताए। शिक्षा केवल प्रमाणपत्रमा सीमित नभई व्यवहारिक सीप र रोजगारीसँग जोडिनुपर्ने उनको भनाइ थियो।

समारोहमा बिभिन्न राजनीतिक दलका नेता, शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्व, विद्यालय सञ्चालक तथा शिक्षकहरूको सहभागिता रहेको थियो। प्याब्सनको ३५ औँ स्थापना दिवसको अवसरमा शिक्षा क्षेत्रमा भएका उपलब्धि, चुनौती र आगामी दिशाबारे समेत चर्चा गरिएको थियो।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here