दुर्गा प्रसाईं पक्राउप्रति आपत्ति जनाउँदै अध्यक्ष निरौलाले गरे रिहाइको माग

0
4

काठमाडौं ।   मेडिकल ब्यवसायी दुर्गा प्रसाईं पक्राउ परेको विषयलाई लिएर राजनीतिक वृत्तमा प्रतिक्रिया आउन थालेको छ। यसै सन्दर्भमा नेपाल समाजवादी काँग्रेसका अध्यक्ष गोविन्द्र निरौलाले प्रसाईंको तत्काल रिहाइको माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष निरौलाले प्रसाईंको पक्राउप्रति आफ्नो ध्यान आकृष्ट भएको बताएका छन्। उनले सरकारसमक्ष प्रसाईंलाई शीघ्र रिहा गर्न माग गर्दै उनको नाम र उपस्थितिलाई आधार बनाएर देश तथा नेपाली जनताको हितविपरीत कुनै पनि किसिमको सम्झौता नगर्न खबरदारी गरेका छन्।

निरौलाले पोस्टमा वर्तमान सामाजिक, आर्थिक र राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले नेपाली समाजमा विकासका संरचनामाथि हुने विरोध, सांस्कृतिक धरोहरको क्षति, कृषि र उद्योगधन्दाबाट विमुख हुँदै गएको प्रवृत्ति तथा वैदेशिक रोजगारीप्रतिको बढ्दो निर्भरतालाई लिएर प्रश्न उठाएका छन्। देशभित्र उत्पादन र आत्मनिर्भरता कमजोर बन्दै गएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वाधीनता र आत्मसम्मान जोगाउन सचेत रहनुपर्ने धारणा राखेका छन्।

उनले कुनै पनि प्रकारको सम्झौताबाट देशको स्वाधीनता गुम्ने अवस्था सिर्जना भए आफूहरू आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका छन्। प्रसाईं पक्राउ प्रकरणबारे सरकारी पक्षबाट भने औपचारिक विस्तृत प्रतिक्रिया सार्वजनिक भएको छैन। घटनाक्रमबारे थप विवरण आउन बाँकी रहेको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here