त्रिविको ५१औँ दीक्षान्त हुँदै

0
5

 

४ पुष, काठमाडौँ । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ । यही पुस १० गते दशरथ रङ्गशालामा हुने समारोहमा काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने विश्वविद्यालयले जनाएको छ ।

त्रिविका अनुसार यसपटक १६ हजारभन्दा बढी विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुनेछन् भने अभिभावकसहित करिब ४१ हजारको उपस्थिति रहनेछ । दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीले गर्नेछिन् । समारोहमा विभिन्न सङ्काय र तहमा उत्कृष्ट नतिजा हासिल गर्ने २५ जना विद्यार्थीलाई पदक प्रदान गरिने छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here