काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला

0
12

 

१८ मंसिर, काठमाडौं । काठमाडौंको धोबी खोलामा आज बिहान एक पुरुषको साइकलसहितको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौं महानगरपालिका–२९, रुद्रमति पुल नजिक खोलामा भएको शव परीक्षणका क्रममा मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा भएको खुलेको छ।

घटनास्थलमा अहिले पनि प्रहरी टोली परिचालनमा रहेको छ। प्रहरीले घटनाको कारणबारे आवश्यक अनुसन्धान अघि बढाएको छ। अहिलेसम्म मृत्यु कसरी भयो भन्ने विषय खुल्न बाँकी रहेकाले विस्तृत विवरणका लागि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here